काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । बुधबार अघिल्लै दिनको मूल्यमा सुन कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँ छ भने तेजाबी सुनको मूल्य ८६ हजार २५० रूपैयाँ कायम गरिएको हो ।सुनको मूल्य घटबढ नहुँदा चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १२ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।