एजेन्सी ; आगामी २७ गतेबाट भारतमा सुरु हुने ईण्डियन प्रिमियर लिग आईपिएलको पहिलो खेलमा साविक बिजेता मुम्बई ईण्डियन्स र रोयल च्यालेन्जर्स बिचमा उद्घाटन खेल हुनेछ । चेन्नाईमा हुने सो खेल नेपाली समयानुसार साझँ पौने ८ मा हुनेछ । यस्तै प्रतियोगितामा खेलहरु हुनेछ । प्रतियोगितामा समावेश ८ टोली रहेकामा प्रतियोगिताको सुरुवाती ४ खेल यसप्रकारको रहेको छ
१) रोयल च्यालेन्जर्स बैंग्लोर आरसिबि विरुद्ध मुम्बई ईण्डियन्स
प्रतियोगिताको उद्घाटन खेलमा आरसिबिले साविक बिजेता मुम्बई ईन्डियन्सको सामना गर्ने छ सो खेल नेपाली समयानुसार साझँ पौने ८ मा सुरु हुनेछ । सो खेल चेन्नाईमा हुनेछ ।
२) चेन्नाई सुपर किंग्स सिएसके विरुद्ध दिल्ली क्यापिटल्स
आईपिएल ईतिहासको सफल टोलीमा रहेको सिएसके यही २८ गते मुम्बईमा दिल्ली क्यापिटल्स विरुद्ध खेल्नेछ ।
३) सनराईजर्स हैदरावाद विरुद्ध कलकत्ता नाईटराईडर्स
यही चैत्र २९ गते हुने खेलमा पुर्व बिजेताहरु बिचको खेल चेन्नाईमा हुनेछ ।
४) राजस्तान रोयल्स विरुद्ध पन्जाव किंग्स
पहिलो संस्करणको च्याम्पियन टोली राजस्तान र पन्जावको खेल चैत्र ३० गते हुनेछ ।