काठमाडौं : युरोपेली महादेशका देशहरूमा सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत पहिलो चरणको खेलहरू आज रातिबाट सुरु हुँदैछन् । आज हुने १२ खेलध्ये एक खेल नेपाली समयअनुसार राति १०ः४५ मा हुनेछ भने अरू सबै खेल राति १ः३० बजेबाट सुरु हुनेछन् ।
आज पोर्चुगल, फ्रान्स, बेल्जियम, क्रोयसिया, वेल्स, नेदरल्याण्ड्स प्रतिस्पर्धामा छन् । त्यस्तै पहिलो खेलमा नेदरल्याण्ड्सले राति १०ः४५ टर्कीसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । यस्तै पोर्चुगलले घरेलु मैदानमा अजरबैजानसँग खेल्नेछ । पोर्चुगल र अजरबैजानसहित अन्य ११ खेल राति १ः४५ बजे हुनेछ । साविक विजेता फ्रान्सले आफ्नै मैदानमा युक्रेनसँग खेल्दैछ भने क्रोएसियाले स्लोभेनियासँग तथा बेज्लियमले वेल्सको सामना गर्नेछ । सर्बियाले आयरल्याण्डसँ खेल्दा नर्वेले ग्रिबल्टारसँग खेल्नेछ ।
आज हुने सम्पूर्ण खेल नेपाली समयअनुसार
टर्की भर्सेस नेदरल्यान्ड राति (१०:४५) बजे
फ्रान्स भर्सेस युक्रेन राति (१:३०) बजे
ग्रीबाल्टार भर्सेस नर्वे राति (१:३०) बजे
फिनल्यान्ड भर्सेस बोस्निया एन्ड हर्जगोभिनाराति (१:३०) बजे
लाटभिया भर्सेस मोन्टेनेग्रो राति (१:३०) बजे
स्लोभेनिया भर्सेस क्रोएसिया राति (१:३०) बजे
बेल्जियम भर्सेस वेल्स राति (१:३०) बजे
पोर्चुगल भर्सेस अजरबैजान राति (१:३०) बजे
सर्बिया भर्सेस आयरल्यान्ड राति (१:३०) बजे
माल्टा भर्सेस रसिया राति (१:३०) बजे
इस्टोनिया भर्सेस चेक रिपब्लिक राति (१:३०) बजे
साईप्रस भर्सेस स्लोभाकिया रात (१:३०) बजे