काठमाडौँ : थ्री नेसन्स कपका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि बिहीबार किर्गिस्तानको सामना गर्नेछ । यो खेल काठमाडौँ, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
यस अघि ‘थ्री नेशन्स कप’को पहिलो खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० को हार बेहोरेको थियो । प्रतियोगिताको फाइनलमा पुग्न किर्गिस्तानले नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब हुन्छ । नेपालले भने घरेलु दर्शकको समर्थनमा किर्गिस्तानलाई हराए स्वतः फाइनलको लागि बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ ।
किर्गिस्तानसँगको खेलका लागि घोषणा गरिएको टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्दैछन् । टोलीमा फरवार्ड नवयुग श्रेष्ठ भने अटाएका छैनन् ।
यस्तो छ नेपाली २३ सदस्य टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर – रञ्जित धिमाल, निशान लिम्बू, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर – त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रवि शङ्कर पासवान
फरवार्ड – अञ्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास