चैत १२, २०७७ बिहिबार

एजेन्सी : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत पोर्चुगलले सुखद सुरुआत गरेको छ । 

बुधबार राति भएको युरोपेली छनोट अन्तर्गतको पहिलो खेलमा पोर्चुगलले अजरबैजानमाथि १–० गोलको कठिन जित निकालेको हो ।
खेलमा पोर्चुगलले आत्मघाती गोलमा जित निकालेको हो । खेलको ३७औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेवले आफ्नै पोस्टमा गरेको गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोर्चुगलले सुनौलो अवसर सिर्जना गरेता पनि थप गोल भने गर्न सकेन । 

उक्त जित सँगै पोर्चुगलले विश्वकप छनोटमा लगातार १० खेलमा जितन निकाल्यो । जितसँगै समूह ‘ए’मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ ।