चैत १२, २०७७ बिहिबार

एजेन्सी : सन २०२२ मा कतारमा हुने विश्वकप छनोटअन्तर्गत फ्रान्स र युक्रेनले १–१ गोलको बराबरी खेलेका छन् । 

बुधबार राति भएको युरोपियन छनोटको खेलमा समूह ‘डी’का फ्रान्स र युक्रेनले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

फ्रान्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि एन्टोइन ग्रिजम्यानले गोल गरेका थिए । तर, प्रिस्नेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि फ्रान्स अङ्क बाँड्न बाध्य भएको हो ।

खेलको १९औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हापभरि १–० गोलको अग्रता लिाए । ५७औँ मिनेटमा किम्पेम्बेले आफ्नै पोस्टमा गोल लगाएपछि फ्रान्स बराबरीमा रोकिएको हो ।

उक्त बराबरीसँगै फ्रान्सले एक अङ्क जोडेको छ ।