चैत १२, २०७७ बिहिबार

एजेन्सी : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट खेलमा बेल्जियमले वेल्समाथि सहज जित आत्मसात गरेको छ । 

बुधबार राति भएको युरोपियन छनोटमा बेल्जिमयले वेल्समाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा बेल्जियमको जितमा केभिन डी ब्रुयन, थोर्गान हाजार्ड र रोमेलु लुकाकुले समान १/१ गोल गरे । यता वेल्सका ह्यारी विल्सनले एक गोल गरे ।

जारी खेलको १०औं मिनेटमा विल्सनले गोल गर्दै वेल्सलाई सुरुआती अग्रता दिलाएका थिए । २२औँ मिनेटमा ब्रुयनले गोल गर्दै बेल्जियमलाई बराबरीमा फर्काए ।

त्यस्तै २८औँ मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाउँदा ७३औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै ३–१ गोलको जित सुनिश्चत गरे ।

उक्त जितसँगै समूह ‘ई’को बेल्जियमले तीन अङ्क जोडेको छ । 

अन्य खेलको नतिजा 

टर्की भर्सेस नेदरल्यान्ड  (४-२) 
फ्रान्स भर्सेस युक्रेन (१-१) 
ग्रीबाल्टार भर्सेस नर्वे (०-३)
फिनल्यान्ड भर्सेस बोस्निया एन्ड हर्जगोभिना (२-२) 
लाटभिया भर्सेस मोन्टेनेग्रो (१-२) 
स्लोभेनिया भर्सेस क्रोएसिया (१-०)
पोर्चुगल भर्सेस अजरबैजान (१-०)
सर्बिया भर्सेस आयरल्यान्ड (३-२)
माल्टा भर्सेस रसिया (१-३)
इस्टोनिया भर्सेस चेक रिपब्लिक राति (२-६) बजे
साईप्रस भर्सेस स्लोभाकिया (०-०)