काठमाण्डौ।
नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछानेले इंग्ल्यान्डको घरेलु टिट्वान्टी प्रतियोगिता खेल्ने भएका छन्।
सन्दिपलाई भाईटालिटि टिट्वान्टी ब्लास्ट प्रतियोगिताको टोली वर्सेस्टरशायर र्यापिडले २०२१ सिजनको लागि टिममा अनुवन्ध गरेको हो। कति रकममा सन्दपिलाई टिममा लिईएको भन खुलाइएको छैन।
भाईटालिटि ब्लास्ट टिट्वान्टी लिग यो वर्ष जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ। सो टोलीले सन्दिप सहित अस्ट्रेलियाका देब्रे हाते पेसर बेन ड्वारशुइसलाई पनि टिमले विदेशी खेलाडीको रुपमा अनुवन्ध गरेको छ।
सन्दिप पुरा सिजन वर्सेस्टायर र्यापिड क्लबको लागि उपलब्ध हुनेछन्।
यस टिमका मुख्य प्रशिक्षके एलेक्स गिडम्यान आवद्ध रहेका छन् । एलेक्सले भनेका छन् सन्दिपको आगमनले टिमलाई सन्तुलित बनाउने विश्वास व्यक्त गरेका छन्।
सन्दिपको टिम को पहिलो खेल जुन ९ तारिखमा रहेको छ।भाईटालिटि ब्लास्टको यस टिममा मोईन अलि, बेन कक्स, अल्जारी जोसेफ जस्ता खेलाडीहरु रहेका छन्।
२०१८ मा वर्सेस्टरशायरले भाईटालिटि ब्लास्ट टिट्वान्टी को उपाधि जितेको थियो। गत सिजन भाईटालिटि ब्लास्टमा वर्सेस्टरशायरको प्रदर्शन निकै खराब रहेको थियो जसले १० खेलमा मात्र २ जित दर्ता गर्न सकेको थियो।
वर्सेस्टरशायर र्यापिड टिम यसप्रकार रहेको छ
जोए लिच, मोइन अलि, ब्रेट डी’ओलिभर, बेन ड्वारशुइस, एड बर्नार्ड, टम फेल, प्याट ब्राउन, एडम फिन्च, ज्याक हेनेस, बेन कक्स, जोश डेल, अल्जारी जोसेफ, जेक लिबि, एलेक्स मिल्टन, डेरेल मिचेल, चार्ल्स मोरिस, गरेथ रोडरिक, मिचेल स्टानले, रोस व्हाइटलि, डिल्लोन पेनिंग, जोश टंग, रिकी वेसेल्स