चैत १२, २०७७ बिहिबार


काठमाडौं।
 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा आज नेपालले पहिलो खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तान यु २३ (ओलम्पिक) टिमसँग खेल्नेछ ।  खेल साँझ ५ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । नेपाल किर्गिस्तानलाई हराएर सहज रुपले फाइनल पुग्ने मनसायमा रहेको छ  ।किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ । मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १ ० ले पराजित भएको थियो ।

लिग चरणकोे शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।फाइनल खेल चैत १६ गते हुनेछ ।

नेपाली टिम 
 किरण चेम्जोङ(कप्तान), विकेश कुथु, दीप कार्की,रंन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ, त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान, अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास