चैत १२, २०७७ बिहिबार


काठमाण्डौ। नेपाली बजारमा सुनको मुल्यमा केह िरुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।