चैत १२, २०७७ बिहिबार


काठमाडौ। क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा ‘बलियो नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । यसले नेपालमा तल्लोतहबाट  क्रीकेटको बिकाससगैँ पोषणको बिकासको लागि मद्दत गर्ने छ ।
अभियानको सुरुवातमा लुम्बिनीका १२ जिल्लाबाट १६ बर्ष मुनिका खेलाडीबिच अन्तर जिल्ला क्रिकेट प्रतियोगिताबाट प्रतिस्पर्धा गराइने भएको हो ।

अबको नेपाल, बलियो नेपालको सुरुवात चैत २१देखि २८गतेसम्म देउखुरी अन्तराष्ट्रिय क्रीकेट मैदान लमही, दाङबाट हुने भएको हो । यसका लागि नेपालका पुर्बकप्तान पारस खड्का र बर्तमान कप्तान ज्ञानेन्द्र मल्ल , क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रमुख छुम्बी लामा तथा पोषण नेपालका प्रतिनिधीले एक कार्यक्रमबिच घोषणा गर्नुभएको हो ।

बलियो नेपाल कप क्रिकेट प्रतियोगिताको घोषणा कार्यक्रममा क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन् २०३९ सम्म विश्वकप जिताउने लक्ष्यका साथ युवा खेलाडी उत्पादन गर्नुपर्ने बताएका छन ।उनले अबको १९ बर्षमा नेपालले विश्वकपको उपाधि जित्ने लक्ष्य लिइएको बताए ।पारसले सो कार्यक्रममा १९ बर्षमा विश्वकप जित्ने हो भने अहिलेबाट नै त्यसको तयारी गर्नुपर्ने र त्यसको एउटा माध्यम १६ बर्ष मुनिको बलियो नेपाल कप क्रिकेट हुन सक्ने बताए ।

उनले कार्यक्रममा बोल्दै कुनै बेला हामीले विश्वकप खेल्छौ, भन्दा मानिसले ठट्टा सोच्ने गरेको थियो, तर त्यो पनि पुरा भयो । त्यसैले सपना देख्न छाड्न नहुने र त्यो सपना पुरा गर्नका लागि त्यहि अनुसारको तयारी र योजना बनाउनुपर्ने बताए ।कार्यक्रममा पारसलाई नेपालले विश्वकप जित्न सक्ने आधारका विषयमा प्रश्न गर्दा यस्तै बताएका हुन । उनले यो प्रतियोगिता गर्नुको चाहना नै अबको दुई दशकमा विश्वकप जित्न सक्ने क्षमता भएको टिम बनाउने बताए । त्यसमा नेपाल सरकार र क्रिकेटको आधिकारीक निकायले अझ बढि ध्यान दिनुपर्ने बताए।