चैत १२, २०७७ बिहिबार


काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक इङ्ल्याण्डको टीट्वान्टी क्रिकेट प्रतियोगिता भाइटलिटी ब्लास्टका लागि काउन्टी क्रिकेट क्लब वर्सेस्टरसाएर रापिड्स छनोट भएका छन् ।

पहिलो पटक काउन्टी क्लबमा छनोट भएपछि सन्दीपले खुसी व्यक्त गर्दै ट्वीटरमा लेखेका छन् काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा माथि रहेको बताएका छन् ।

‘भाइटलिटी ब्लास्टमा वर्सेस्टरसाएरको  परिवारको भाग बन्न पाउँदा एकदमै खुसी छु । क्रिकेटभन्दा काउन्टी क्रिकेट फरक छ भन्ने सधैं सुन्दै आएको छु किनकी यसको संस्कृति, सजावट र अमेजिङ दर्शक छ,’ सन्दीपले ट्वीटरमा लेखेका छन् ।

उनले नेपालबाट अझै धेरै प्रतिभा खेलाडी काउन्टीमा खेल्ने दिनको पर्खाइमा रहेको लेखेका छन् । सन्दीप यसै वर्ष हुने दी हन्ड्रेड क्रिकेटको लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् ।यस प्रतियोगिताको यस सिजन ९ जुनदेखि १८ सेप्टेम्बरसम्म चल्ने छ ।