चैत १२, २०७७ बिहिबार


काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय टिट्वान्टी शृखंला खेल्ने भएको छ  ।नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय खेल्ने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का एक केन्द्रीय सदस्यले बताए ।क्यान ति सदस्यका  अनुसार नेपालले टियु क्रिकेट मैदानमा अप्रिलको मध्यतिर शृखंला खेल्नेछ ।

क्यानले आधिकारीक रुपमा नेपालमा कोरोना भाईरसको महामारीको दोस्रो चरणको संक्रमण बढेसँगै शृखंलाको अन्तिम निर्णय दिन नसकेको उनले बताए । 

‘नेदरल्यान्ड्स र मलेसियाले हाम्रो प्रस्तावलाई सहजै स्वीकार गरेका छन् । उनीहरु खेल्नका लागि नेपाल आउन तयार छन्,’ उनले भने , ‘तर, पछिल्लो समय नेपालमा बढ्दो कोरोना प्रभावका कारण थप केही समय कुर्ने पर्ने भएको छ । सबै तयारी भएपनि कोरोना प्रभावका कारण रोक्नु परेको छ ।’

उनले थपे, ‘अहिले दुबै टोलीसँग टीट्वान्टीका लागि आईसीसीबाट मान्यता पाएका छौ । टीट्वान्टी मात्रै भएपनि खेल्छौ । हामी दुबै टोली र आईसीसीसँग एकदिवसीय शृखंलाको पनि कुरा गरिरहेका छौ ।’