एजेन्सी : सन २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत स्पेन र ग्रिसले बराबरी खेलेका छन् । बिहीबार राति भएको युरोपियन छनोटको पहिलो खेलमा स्पेन र ग्रिसले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । जारी खेलको ३३औँ मिनेटमा अल्भारो मोरोटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोलले आग्रह बनाएको स्पेन दोस्रो हाफमा बने गोल खान पुग्यो ।
खेलको ५६औँ मिनेटमा ग्रिसले पेनाल्टीको अवसर पाएको थियो, जसमा अनास्टासिस बकासेट्सले गोल गर्दै ग्रिसलाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा खेल बराबरीमा सकियो ।
उक्त बराबरीसँगै समूह ‘बी’का दुवै टोलीले १–१ अङ्क बाँडे ।