चैत १३, २०७७ शुक्रबार

एजेन्सी : सन २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलमा इंग्ल्याण्डले सान मारिनोमाथि फराकिलो जित निकालेको छ । 

बिहीबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा इंग्ल्याण्ले सान मारिनोलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

इंग्ल्याण्डको जितमा डोमिनिक काल्भर्ट–लेविनले २ गोल गर्दा जेम्स वार्ड–प्राउज, रहीम स्टर्लिङ र ओली वाट्किन्सले समान १/१ गोल गरे । पहिलो हाफमै ३-० गोलको आरामदायी अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको हो । 

उक्त जितसँगै समूह ‘आई’को इंग्ल्याण्डले तीन अङ्क जोड्दै शीर्ष स्थान बनाएको छ ।