चैत १३, २०७७ शुक्रबार

 

 

एजेन्सी। घरेलु टोली भारत र पाहुना टोली इंग्ल्याण्ड बिचको तिन खेलको एकदिवसिय शृखंलाको दोस्रो खेल आज हुदैछ। भारतको पुनेमा नेपाली समयानुसार दिउसो १:४५ बजे सुरु हुदैछ। 

५ खेलको टिट्वान्टी शृखंला ३-२ ले जितेको घरेलु टोली सोही लयलाई निरन्तरता दिन चाहान्छ भने पाहुना टोली एकदिवसियको वर्तमान विश्व च्याम्पियन रहेकोले उसलाई कम आक्न मिल्दैन तर पहिलो खेलमा पराजित भएको इंग्ल्याण्ड भारतिय टोली भन्दा केही कमजोर भने अवश्य देखिएको छ। 

आजको खेलमा जित हात पार्दै भारतिय टोली एक खेल अगावै शृखंला आफ्नो नाम गराउन चाहान्छ भने इंग्ल्याण्ड पनि जित निकाल्दै शृखंला बराबरीमा पुऱ्याउन चाहान्छ।  

तिव्र गतिका बलर जोफ्रा आर्चर घाईते रहेका कारण टिम बाहिर रहेकाले इंग्ल्याण्ड केही कमजोर देखिदा कप्तान इयोन मोर्गानको उपलब्धतामा पनि शंका पैदा भएको छ।  

दुवै टोलीको सम्भावित ११ यसप्रकार रहेको छ:

इंग्ल्याण्ड

जेसन रोय,जोनी बेयस्ट्रो,इयोन मोर्गान(कप्तान),वेन स्टोक्स,जस बटलर(विकेट किपर),साम विलिङ्स,मोईन अलि,साम करन,मार्क वुड,आदिल रसिद र रिच टोप्ले

भारत

रोहित शर्मा,शिखर धवन,विराट कोहोली(कप्तान),सुर्यकुमार यादव,रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,कुर्नाल पाण्ड्या, भुवनेश्वर कुमार, प्रसिद्ध कृष्णा,सार्दुल ठाकुर र कुलदिप यादव