चैत १३, २०७७ शुक्रबार


एजेन्सी । न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृखंलामा क्लिन स्विप गरेको छ ।

विलिङ्गटनमा आज सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा बंगलादेशलाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।न्युजिल्याण्डले दिएको ३ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.४ ओभरमा अलआउट हुँदा १ सय ५४ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १८ रन बनाएको थियो ।
उसका लागि लागि डेभोन कोनवेले १ सय २६ रनको शतकीय इनिङ्स खेल्दा डायल मिचेलले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले मार्टिन गुप्टिलले २६ रन जोड्दा टम लाथम र हेनरी निकोल्सले समान १८ १८ रन बनाए ।बंगलादेशका रुबेल होसेनले ३ विकेट लिए ।

३१९ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । बंगलादेशका ममुदुल्लाहले ७६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै मुस्फिकर रहिम र लिटोन दासले २१र२१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका जेम्स निशमले ५ विकेट लिए । म्याट हेनरीको नाममा ४ विकेट रह्यो ।