चैत १३, २०७७ शुक्रबार


काठमाण्डौ। आज सुनको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यावसाय संघका अनुसार आज छापावाला सुन तोलामा छ सय रुपैयाले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य आज तोलामा छ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी आज १२ सय ३० रुपैयाँले कारोबार भइहेको छ ।