काठमाण्डौ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको हातबाट बिहीबार साँझ आयोजित समारोहमा राष्ट्रिय सुपर लिग क्लब विराटनगर सिटी फुटबल क्लब घोषणा गरिएको छ।हाल १४ खेलाडी अनुबन्धित भइसकेको क्लबमा राष्ट्रिय खेलाडी रञ्जित धिमाललाई कप्तान नियुक्त गरिएको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिष कोइरालाले बताए।
क्लबमा धिमालका साथ अन्य राष्ट्रिय खेलाडीमा सुनिल बल र सन्तोष तामाङ पनि छन्।
त्यस्तै क्लबले गोलकिपरमा किशोर गिरि र सूर्य अधिकारी तथा डिफेन्समा रञ्जित धिमाल, सरोज दाहाल, विक्रम धिमाल र विजय धिमाल नियक्त गरेको छ। त्यस्तै मिडफिल्डरमा हेम तामाङ, सुनील खड्का, सुरजजिउ ठकुरी, सुनिल बल, अशोक थापा र सुशील लामा छन्। क्लबले फरवार्डतर्फ दीपक राई र नीरकुमार राईलाई रहेका छन् ।
क्लबले प्रख्यात विदेशी खेलाडी र प्रशिक्षकलाई पनि अनुबन्धित गर्ने बताएका छन्।