जेठ ८, २०७९ आइतबार

स्थानीय  उत्पादनले  माग  धान्न  नसक्दा  बर्सेनि गहुुँको आयात बढ्दै गएको छ ।

गहुँको वार्षिक  माग  २४–२५  लाख  मेट्रिक  टन  माग  रहेको छ । आन्तरिक उत्पादन २०–२१ लाख मेट्रिक टन रहेकामा तीन–चार लाख मेट्रिक टन अपुग हुन्छ ।कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष गहुँको खेती सात लाख १६ हजार हेक्टरमा भएको र उत्पादन २१ लाख ४४ हजार ५६८ मेट्रिक टन भएको छ ।

आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आव २०७६/७७ मा सात लाख सात हजार हेक्टर क्षेत्रफलमा भएको गहुँ खेतीबाट २१ लाख ८५ हजार मेट्रिक टन उत्पादन भएको थियो । नौ महिनामा छ अर्बको आयातचालू  आर्थिक  वर्षको  चैत  महिनासम्म  झन्डै पाँच अर्ब ९७ करोड रुपियाँ बराबरको दुई लाख मेट्रिक टन गहुँ आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७७/७८  मा  ११  अर्ब  ९८  करोड  रुपियाँ  बराबरको तीन लाख ८८ हजार २७९ मेट्रिक टन गहुुँ आयात भएको थियो ।

यसैगरी आव २०७६/७७  मा  सात  अर्ब  ९१  करोड  रुपियाँ  बराबरको दुई लाख ३८ हजार ६६५ मेट्रिक टन गहुुँ आयात भएकामा २०७५/७६ मा पाँच अर्ब ८१ करोड रुपियाँको एक लाख ९६ हजार १३३ मेट्रिक टन गहुँ आयात भएको थियो ।

नेपालमा आयात हुने गहुँको ९९ प्रतिशत भारतीय  गहुुँ  हो  ।  यसबाहेक  अस्ट्रेलिया,  मेक्सिको र टर्कीबाट थोरै परिमाणमा गहुँ आयात हुने गर्छ । गहुँको बीउ, पीठो र मैदा आयातहुने गर्छ । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेकी छन् ।