चैत १४, २०७७ शनिबार

 

काठमाण्डौ।  आगामी २१ गतेबाट काठमान्डौको टियु मैदानमा सुरु हुने ललितपुर मेयर महिला च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ललितपुर मेयर ११ को टोली सार्वजनिक गरेको छ ।

केही महिना अघि दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाईनल पुग्न असफल टोलीहरुका १४ उत्कृस्ट खेलाडी समावेस गरि ललितपुर मेयर ११ को टोली बनाईएकोमा उक्त टोलीको कप्तानी भने प्रदेश २ कि कप्तान समेत रहेकी सरस्वती चौधरीले गर्ने छिन् ।

यस प्रतियोगिता चैत्र २१ गते देखि २८ गते सम्म टियु क्रिकेट मैदानमा संचालन हुने छ  ।

प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा ललितपुर ११ को बिच प्रतिसिपर्धा हुनेछ  ।टिट्वान्टी संरचनामा खेलाइने यस प्रतियोगितामा एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष स्थानका दुई टोली  बिच फाइनल खेल भई बिजेताको टुंगो लाग्नेछ ।

ललितपुर मेयर ११ टोली यस प्रकारको रहेको छ: 

सरस्वती चौधरी

अनुराधा चौधरी

कविता गौतम

शोभा आले

विमला मगर

बिन्दु कटवाल

सुमन खतिवडा

कन्चन श्रेष्ठ

आरती विडारी

अश्मिना कर्माचार्य

केनुका बस्नेत

सृष्टि पौडेल

अनिसा लामिछाने

निशा रावल