चैत १४, २०७७ शनिबार

 

 

काठमाण्डौ। नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा ठुलो क्रिकट समर्थकहरुको फेसबुक समुह (ग्रुप) नेपाली क्रिकेट फ्यान अन फेसबुक(एनसिएफएफ) ले  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन  गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि `म बनाउँछु मेरो रङ्गशाला’ अभियान अन्तर्गत कुर्सि अभियानका लागि दुई कुर्सी सुरक्षित गर्न आवश्यक रकम फाउन्डेसनलाई हस्तान्तरण गरिसकेकोमा तेस्रो कुर्सीका लागि आवश्यक रकम पनि  संकलनको अन्तिम चरण पुगेको छ । रकम संकलन गरि केहि दिनमा हस्तान्तरण गर्दैछ। 

“धेरै समर्थकहरुले आफ्ना प्रिय खेलाडिको नाममा कुर्सी लिन माग गरेर म्यासेज र कमेन्टहरु पठाउनु भएकोमा सबैको मागलाई नजरअन्दाज गर्न यस समुहले नसक्ने हुदा पहिलो कुर्सि पुर्व कप्तान पारस खड्काको नाममा लिएको यस समुहले दोस्रो र तेस्रो कुर्सि भने क्रमश: महान् खेलाडी शक्ति गौचन र  पुर्व कप्तान विनोद दास को नाममा समर्पित गर्ने निर्णय गरेको छ “ समुहका सिनियर एडमिड सागर खरेलले बताउनु भयो।

 “पहिलो कुर्सि , दोश्रो कुर्सि हुँदै आज तेस्रो कुर्सिको लक्ष्यपनि पूरा भएको समाचार सुनाउन पाउँदा हामी एनसिएफएफ परिवारले निकै नै गौरवको अनुभुति गरेको छ। हामिले भन्दै आएको कुर्सिमा समर्थकको भावना जोड्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्ने सम्पुर्ण नेपाली क्रिकेट समर्थकलाइ एनसिएफएफ परिवार  फेरि पनि हार्दिक धन्यवाद अर्पण गर्न चाहान्छ” खरेलले भने। 

र अन्त्यमा उनले भनेका छन् “ हजुरहरुको माया, स्नेह, साथ र हौसलाले हामी चौथो कुर्सि अभियानमा होमिएका छौ । कृपया आफुले सक्दो सहयोग अपेक्षामा हामी रहेका छौ ।”