काठमाण्डौ। सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। आज सम्पन्न फाईनल खेलमा रुकुम पश्चिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै आयोजक टोली चुलि युवा क्लबले उपाधी हात पारेको छ।
चुली युवा क्लवले उपाधीसँगै दुई लाख नगद, टर्फी,मेडल र प्रमाण पत्र पाएको छ।
तेस्रो स्थानमा हाम्रो कम्प्युटर सुर्खेत रहन पुग्यो।समापन कार्यक्रममा विभिन्न संघ संस्था,सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।