चैत १४, २०७७ शनिबार

काठमाण्डौ। जारी त्रिदेशिय फुटबलको लिग चरणको अन्तिम खेलमा बंगलादेशसॅंग ०-० को बराबरी खेल्दै नेपाल फाईनल प्रवेश गरेको छ। 

आगामी सोमबार हुने फाईनल खेलमा नेपाल र बंगलादेश खेल्नेछन्। यसक्रममा बंगलादेशसॅंग पराजित र नेपालसॅंग बराबरीमा रोकिएको किर्गिस्तानको अन्डर २३ को टिम भने समुह चरणबाट नै बाहिरेको थियो। 

पहिलो र दोस्रो खेलमा पाएको अधिकतम अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल ० गोल गर्दै फाईनल पुग्ने सिमित टोलीमा सुचीकृत भएको छ।