धनगढी। नेपाल क्रीकेट संघको वार्षिक क्यालेन्डरमा समावेश गरिएको यु-१९ राष्ट्रिय क्रीकेट प्रतियोगिताको तयारी स्वरूप जिल्ला छनोट यस कैलाली जिल्ला क्रीकेट संघले यही चैत्र २२ गतेदेखि धनगढीमा आयोजना गर्न गइरहेको यु-१९ दुई तथा एक दिवसीय छनोट क्रीकेट प्रतियोगिताका लागि यस जिल्ला संघको मातहतमा रहेका सम्पुर्ण यु-१९ उमेर भएका खेलाडीहरुले यहि चैत्र १८ गतेभित्र जिल्ला संघका प्राविधिकहरुसङ्ग सम्पर्क गरि आ-आफ्नो नाम दर्ता गराइदिनु हुनका लागि यो सूचना जारी गरिएको कैलाली जिल्ला क्रीकेट संघका अध्यक्ष विक्रम बिष्ट ज्यूले जानकारी गराउनुभयो।