काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगिताको पुरुष तर्फको उपाधि जावलाखेल युथ क्लबले जित्न सफल भएको छ ।
त्यस्तै महिला तर्फको उपाधि महिला ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लु डब्लु बि ए)ले जितेको छ ।
शनिबार गोकर्णेश्वर नगरपालिका स्थित जया मल्टिपल कलेज माकलबारीको प्राङ्गणमा भएको पुरुष तर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १५/१४ को स्कोरमा पराजित गर्दै नगद १५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता टोली आर्मीले नगद १० हजार ट्रफी , मेडल , प्रमाणपत्र हात पारेको छ । यता तेस्रो हुने नेपाल स्पाइनल कर्ड इन्जरीले नगद ५ हजार ट्रफी , मेलड, प्रमाणपत्र प्राप्त गरेको छ ।
यता महिला तर्फ महिला ह्विलचेयर बास्केटबल एसोसिएसनले फाइनल खेलमा आयोजक नेपाल स्पाइनल कर्ड इन्जरीलाई पराजित गर्दै नगद १५ पुरस्कार हात पारेको छ । त्यस्तै दोस्रो हुने टोलीले नगद १० हजार ट्रफी , मेडल , प्रमाणपत्र हात पारेको छ । यता तेस्रो हुने टोलीले नगद ५ हजार ट्रफी , मेलड, प्रमाणपत्र प्राप्त गरेको छ ।
नेपाल स्पाइनल कर्ड इन्जरी ( खेलकुद संघ )को मुख्य आयोजनामा भएको यस प्रतियोगितामा पुरुष तर्फ कुल सात र महिला तर्फ कुल चार टोलीको सहभागीता रहेका थियो ।
त्यस्तै यस प्रतियोगिताको उद्घाटन शत्रमा युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ, वरिष्ठ अधिकृत , राखेपका मधुसूदन बस्नेतको सहभागीता रहेको थियो , भने समापनमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , मित्रलाल शर्मा (बिशेष अतिथि ) अध्यक्ष अपांग महासंघ ,केन्द्रीय समितिहरुको सहभागीता रहेको थियोे ।