चैत १५, २०७७ आइतबार

 

एजेन्सी। 

घरेलु टोली भारत र पाहुना टोली इंग्ल्याण्ड बिचको तिन खेलको एकदिवसिय शृखंलाको अन्तिम तथा निर्णायक एकदिवसिय खेल आज हुदैछ। भारतको पुनेमा नेपाली समयानुसार दिउसो १:४५ बजे सुरु हुदैछ। 

दोस्रो खेलमा जित हात पार्दै पाहुना टोलीले शृखंला बराबरीमा पुऱ्याएको छ। आज जुन टोलीले खेल जित्छ शृखंला सोही टोलीको हुने हुदा दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन्। 

भारत भ्रमणका क्रममा टेस्ट र टिट्वान्टी शृखंला गुमाई सकेको पाहुना टोली इंग्ल्याण्ड आजको खेलमा जित हात पारी भारत भ्रमणको अन्त्य सुखद बनाउन चाहान्छ। 

दुवै टोलीको सम्भावित ११ यसप्रकार रहेको छ:

इंग्ल्याण्ड

जेसन रोय,जोनी बेयस्ट्रो,वेन स्टोक्स,जस बटलर(विकेट किपर/कप्तान),लियम लिभिस्टोन,मोईन अलि,साम करन,मार्क वुड,आदिल रसिद र रिच टोप्ले

भारत

रोहित शर्मा,शिखर धवन,विराट कोहोली(कप्तान),केएल राहुल,रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,कुर्नाल पाण्ड्या, भुवनेश्वर कुमार, प्रसिद्ध कृष्णा,सार्दुल ठाकुर र युजव्रेन्द्र चहेल