चैत १५, २०७७ आइतबार

 

काठमाण्डौ।विराटनगरमा जारी "तेस्रो NMSRA CUP 2077 "को आज चैत १४ गते भएको सेमिफाइनल खेलमा NMSRA RED र PHARMA IMPEX विजयी हुदै  फाईनल प्रवेश गरेका छन। 

पहिलो खेलमा टस जितेर व्याटिङ्ग रोजेको विराटनगरले मेची  विरुद्ध  व्यटिङ्ग गर्दै १४३ रनको मध्यम स्कोरमा बनाउन सफल भएको थियो। १४४ रनको लक्ष्य पच्छ्याउने क्रममा मेची युनिट १०० रनमा समेटिएको थियो।
यस खेलका म्यान आफ दि म्याच विराटनगर युनिटका अजय मण्डल भएका थिए। उनले तिन ओभर बलिङ्ग गर्दै २१ रन खर्चिएर  महत्वपूर्ण २ विकेट लिनु का साथै आक्रमक व्यटिङ्ग गर्दै महत्वपूर्ण  ४७ रन बनाउन सफल भएका थिए।भने विराटनगर रातोका कप्तान राम रिसाल ज्युले पनि महत्त्वपूर्ण ४ विकट लिनुभएको थियो। 

त्यसै गरी PHARMA IMPEX-11 र PEAN विराटनगर विच  भएको दोस्रो सेमिफाइनल खेलमा PHARMA IMPEX-11 विजयी भई फाईनल प्रवेश गर्न सफल भएको छ।
PEAN विराटनगर ले टस जितेर पहिलो व्याटिङ्ग गर्दै ८५  रन मात्र  बनाएको थियो।  ८६ रनको झिनो लक्ष्य लिएर जबाफी व्याटिङ्गमा उत्रिएको  PHARMA IMPEX-11 ले आक्रमण व्याटिङ्ग गर्दै दश ओवरमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।
यस खेलका म्यान आफ द म्याच PHARMA IMPEX-11 का रवि यादव घोषित भए। उनले महत्वपूर्ण मात्र १७ रन खर्चिएर ४ विकेट लिएका  थिए। 

एलाईभ फार्मास्युटिकल्स मुख्य प्रायोजक रहेको यस "तेस्रो NMSRA CRICKET CUP 2077 " प्रतियोगितामा नेपाल इन्वेस्टमेंट बैक र देउराली जनता फार्मास्युटिकल्स सह प्रायोजक रहेको छन। भने CHAMPIONS SPORTS, KOHINOOR CHASMA GHAR, NEW ARABIC BIRYANI HOUSE,पाथिभरा ज्वेलर्स, रजक फर्मा,आशिया मेडिको,शिखा फास्ट फूड, होटल ऐसियाटिक ले पनि सहयोग गरेका छन। 

हरेक शनिबारमा खेलिने तय गरिएको यस प्रतियोगिताको फाइनल खेल २०७७ चैत २१ गते शनिबार डिग्री क्याम्पसको खेल मैदानमा खेलाईने कुरा यस प्रतियोगिताका सह -संयोजक उपेन्द्र पोख्रेल ज्युले जानकारी दिनु भयो। प्रतियोगिताको विजेताले रु ३५ हजार नगद सहित ट्रफी र उपविजेताले रु २५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ।