काठमाण्डौ।चौथो संस्करणको पोखरा युनिभर्सिटी क्रीकेट लिग(पियुसिएल)मा शनिबार सम्पन्न खेलमा पियु राइनोज विजयी भएको छ।
शनिबार पोखरा रंगशाला क्रीकेट मैदानमा भएको खेलमा पियु राइनोजले फारवेस्ट टाइगर्सलाई ७ रनले पराजित गरेको हो।
राइनोजले दिएको ७८ रनको सामान्य लक्ष्य पछ्याएको फारवेस्ट १५.३ ओभरमा ७० रनमा अलआउट हुन पुग्यो।उसका लागि तल्लो क्रममा ब्याटिङ आएका कमल सिंह ऐरीले ३६ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङमा राइनोजका अभिनाश बोहोरा र सुबास भण्डारीले समान ३/३ तथा विक्रम सोब र प्रेम शाहले समान २/२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको राइनोजले १८ ओभर ३ बलमा अल आउट हुँदै ७७ रन मात्र जोड्न सफल सफल रह्यो।उसको लागि विक्रम सोबले ३८ रन जोडे।बलिङमा फारवेस्टका खडक बोहोराले ४ ओभरमा ४ विकेट