जेठ १३, २०७९ शुक्रबार

काठमाडौँ । यौन दुर्व्यवहारको उजुरीमा हदम्याद हटाउन मागसहित राष्ट्रिय सभामा आज संकल्प प्रस्ताव दर्ता भएको छ ।

सांसदहरू कमला पन्त, विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायमुक्त हुने अवस्थाका बारेमा उल्लेख गरिएको छ । यौनजन्य हिंसा भएमा १ वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ ।