एजेन्सी । तिन एक दिवसिय खेलको शृखंला क्लिन स्विप गरेको घरेलु टोली न्युजिल्याण्डले बंगलादेश बिरुद्धको ३ खेलको टिट्वान्टी शृखंला अन्तर्गतको आज सम्पन्न पहिलो खेलमा जित हात पारेको छ ।
आइतबार सम्पन्न खेलमा न्युजिल्यान्डले सहज जित निकाल्दै तीन टिट्वान्टी खेलको शृखंलामा १–० को अग्रता लिएको छ ।
ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । न्युजिल्यान्डका डेभिड कनवे ९२ रनमा अविजित रहेका थिए भने डेब्यू खेल खेलेका विल योंगले ३० बलमा २ चौका र ४ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ खेले ।
जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसेनले ४५ रनको योगदान दिए भनेमोहम्मद सैफुद्दिन ३४ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका ओपनर ईस सोडीले ४ विकेट तथा लकी फर्गुसनले २, हमिश बेनेट र टिम साउथीले १–१ विकेट लिए ।
दोस्रो खेल मंगलबार हुने छ ।