चैत १५, २०७७ आइतबार

काठमाण्डौ। विश्व क्रिकेटमा बिस्फोटक र चर्चित ब्याटिसम्यानको उपनामले परिचित दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले नेपालको चर्चित फ्रेन्चाईजि लिग एभरेस्ट प्रिमियर लिग(इपीएल) खेल्ने भएका छन् ।

एक नेपाली सञ्चारमाध्यमका अनुसार इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले एबी नेपाल आउने पक्का भएको जानकारी दिएका छन् ।आगामी संस्करण अर्को बर्षको असोज महिनामा हुने यस अघि नै ईपिएल आयोजक कमिटिले बताईसकेको छ  ।

उक्त सञ्चारमाध्यमसँगको कुराकानीमा अख्तरले आगामी संस्करणको इपीएलमा एबी नेपाल आउने पक्का भैसकेको तर कुन टिमको साथमा आबद्ध रहने छन् भन्ने कुरा पक्का नभएको जानकारी दिएका छन्  

उनले टेस्ट क्रिकेटमा ८७६५ र एकदिवशीय क्रिकेटमा ९५७७ रन बनाएका छन् ।