फागुन ७, २०७७ शुक्रबार


काठमाडौँ। 
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

एक हजार रुपैयाँले ओरालो लागेर सुनको मुल्य ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।