काठमाण्डौ। गत ९ गतेबाट पोखरा रंगशालामा जारी पोखरा युनिभर्सिटी क्रिकेट लिग(पियुसिएल)को आजको पहिलो खेलमा स्लेन्थ सिक्सर्स विजयी भएको छ।
पियु रेड वारियर्सलाई १३ रनले पराजित गराउन सिक्सर्स विजयी भएको हो।
टस जितेर पहिला ब्याटिङ गरेको सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाउन सफल भयो उसका लागि सोनु तामाङले ५४ रन बनाउनु बाहेक अन्यले खास प्रदर्शन गर्न सकेनन्। उता वारियर्सका लागि भने दिपेश खत्री र सुवास बास्तोलाले समान २/२ विकेट हात पारे।
१२६ रनको लक्ष्य पछ्याएको वारियर्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनमात्र बनाउन सक्यो । वारियर्सका लागि रमेश बस्नेतले ४० र कुशल मल्लले ३५ रन बनाउनु बाहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन्। सिक्सर्सका महेश पौडेल एक्लैले ४ विकेट हात पारे।