काठमाण्डौ। तनहुको शुक्लागण्डकि नगरपालिका आयोजित अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता-२०७७ को समापन अबसर पारेर दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ।
शुक्लागण्डकी नगरपालिका तनहुले नेपाली राष्ट्रिय भलिबल खेलाडीद्वय सन्जु बिक्रम शाह र राजु बि.क लाई सम्मान गरेको हो।
शुक्लागण्डकी नगरपालिका तनहुले नेपाली राष्ट्रिय भलिबल खेलाडीद्वय सन्जु बिक्रम शाह र राजु बि.क लाई सम्मान गरेको हो। सन्जु बिक्रम शाह २०७२ सालमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको सदस्य रहेका थिए गण्डकी प्रदेश भलिबल टिमका पुर्ब टिम क्याप्टेन हुन भने राजु हाल गण्डकी प्रदेश भलिबल टिमको मुख्य सदस्य हुन दुबै जना गत बर्ष नेपालमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत रहेको नेपाली राष्ट्रिय पुरुष बिच भलिबल टिमको मुख्य सदस्य रहेका थिए।
सन्जुलाई केही दिन अघि काठमाण्डौमा सम्पन्न एक प्रतियोगिताको शिलशिलामा पनि सम्मान गरिएको थियो ।