काठमाण्डौ। पोखरा रंगशालामा जारी पोखरा युनिभर्सिटि क्रिकेट लिग(पियुसिएल)को आजको दोस्रो खेलमा पियु राईनोज विजयी भएको छ। राईनोजले गोर्खाली ब्लास्टर्स टिमलाई १८ रनले हराएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको थियो। उसका लागि विक्रम सोबले ५९ रनको पारी खेल्दा ब्लास्टर्सका सुरज चन्दले २ विकेट हात पारे।
१०९ रनको लक्ष्य पछ्याएको ब्लास्टर्स १९ ओभरमा ९० रन बनाउदै अल आउट भयो।