चैत १६, २०७७ सोमबार

एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जितेको छ  ।यस अघि टेस्ट टिट्वान्टी शृखंला आफ्नो नाममा गराउन सफल भारतले अन्तिम एकदिवसिय खेलमा रोमान्चक ७ रनको जित हात पार्दै एकदिवसिय शृखंला २-१ ले जितेको हो। 

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो ।भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७ रनको तथा हार्दिक पाण्ड्याले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहित शर्मा ३७ रनमा आउट भए भने शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डयले २५ रन बनाए ।इंग्ल्यान्डका मार्क उडले ३ र आदील राशिदले २ विकेट लिए ।

भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रन तथा डेविड मलनले ५० रनको इनिङ्स खेले भने लियन लिभिङस्टोनले ३६ रन बनाए ।भारतका सार्दुल ठाकुरले ४  तथा भुवनेश्वर कुमारले ३ विकेट लिए।