जेठ १९, २०७९ बिहिबार

काठमाडौँ । यस वर्ष भारतमा मनसुन गत वर्षको भन्दा ३ दिन अगाडिदेखि सक्रिय हुने बताइएको । भारतको केरला र केरलावरिपरिको भागमा मे २९ तारिकमा प्रवेश गरेको मन थप सक्रिय हुँदै गएको छ ।

यसले नेपालमा यस वर्षको मनसुन पनि ३-४ दिन अगाडि नै प्रदेश १ मा प्रवेश गर्न सक्ने जलवायु तथा व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले बताएका छन् । सामान्यत: नेपालमा भित्रिने दिन भनेको जुन १० हो । गत वर्ष जुन ११ मा (जेठ २८) मा मनसुन नेपाल प्रवेश गरेको थियो । श्रीलङ्कामा भने मे २४ तारिकमा नै मनसुन भित्रिसकेको थियो ।

यस वर्षको मनसुनी वर्षा देशको धेरै भागमा लामो समयको औसत वर्षाभन्दा बढी हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ ।