जेठ १९, २०७९ बिहिबार

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई लालपुर्जा भएको आफ्नै जमिन जोत्न रोक लगाएको छ । बेलौरी नगरपालिका वडा नं- १० का निवर्तमान वडा अध्यक्ष हरिलाल चौधरी बुधवार ट्याक्टर लगेर खेत जोत्न गएका थिए । उनलाई खेत जोत्न नदिएर एसएसबीले फर्काइदिएको हो ।

'उनीहरूले गुगलमा नक्सा हेरेर यो जमिन त भारतमा पर्छ भनेर मलाई फर्काए,' उनले भने, 'मसँग जमिनको लालपुर्जा छ, कर तिरेको छु ।'

उनले लालपुर्जा भएको जमिन भारतमा कसरी पर्‍यो भन्दै प्रश्न गरे । स्ट्रीप नक्सा बनाउँदा प्राविधिकहरूले गडबडी गरेकाले यहाँ विवाद भइरहन्छ ।