चैत १६, २०७७ सोमबार

एजेन्सी : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटतर्फ जर्मनीले लगातार दोस्रो जित निकालेको छ । 

आइतबार राति भएको खेलमा जर्मनीले रोमानियामाथि १-० गोलकोकठिन जित निकालेको हो ।

रोमानियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली जर्मनीलाई जिताउन सर्जी ग्नाब्रीले निर्णायक गोल गरे । उनले खेलको १६ औँ मिनेटमा गरेको एक मात्रै गोल नै जर्मनीको जितमा निर्णायक बन्यो ।

उक्त जितसँगै समूह ‘जे’को जर्मनीले ६ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानमा छ । रोमानिया भने तीन अङ्कसहित चौथो स्थानमा छ ।