काठमाण्डौ।तनँहुको शुक्लागण्डकि नगरपालिकामा आईतबार अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ।
शुक्लागण्डकि नगरपालिकाले आयोजना गरेको सो प्रतियोगितामा तनँहुको गलकोट नगरपालिका बिजयी भएको छ। आयोजक शुक्लागण्डकी नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको गलकोट नगरपालिकाले उपाधि सहित ट्रफी र नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
तृतीय भएको कास्कीको मादि गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्दा तनहुँकै घिरिङ्ग गाउँपालिका सान्त्वना हुन सफल भयो ।
गएको १३ गते देखि नगरपालिकाको वडा न ८ मा भएको खेलमा तनहुँसँगै कास्की , स्याङजा, नवलपुर र बाग्लुङ गरि ४ जिल्लाका १५ समुहले सहभागिता जनाएको थिए ।
कोरोना महामारी पश्चात भएका थुप्रै प्रतियोगिताको च्याम्पियन बन्दै आएको गलकोटले यस प्रतियोगिता पनि आफ्नो नाम गराउन सफल रह्यो।
यस प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु यसप्रकारका छन्
प्रतियोगिताको उत्कृष्ट खेलाडी विमल परियार
उत्कृष्ट सेटर मिन सुनार
उत्कृष्ट सर्भर प्रकाश सुनार
उत्कृष्ट डिफेन्डर रिजन राना मगर