सामाजिक सञ्जाल ट्विटरले नयाँ फीचर सार्वजनिक गर्ने तयारी गरेको छ ।
नयाँ फीचरको अहिले परीक्षण भइरहेको ट्विटरले जनाएको छ ।
ट्विटरले ल्याउन लागेको नयाँ फीचरको नाम सर्कल हो ।
ट्विटर सर्कल आएपछि आफूले गरेको ट्वीट कसलाई देखाउने वा कसलाई नदेखाउने भन्नेबारे छनोटको विकल्प रहनेछ ।
शुरूवाती चरणमा ट्विटरले यस फीचर आईओएस र एन्ड्रोइड प्रयोगकर्तालाई दिने बताइएको छ ।