चैत १६, २०७७ सोमबार

एजेन्सी : सन २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत युरोपेलीले छनोट तर्फको खेलमा पाहुना टोली इटालीले घरेलु टोली बुल्गेरीयामाथि २-० गोलको सहज जित निकालेको हो ।

आइतबार राति भएको खेलमा पाहुना टोली इटहरीको जितमा एन्ड्रोरा बेलोट्टी र मनुल लोकेटलिले समान १/१ गोल गरे । 

निकै रोमाञ्चक बनेको पहिलो हाफको ४२औं मिनेटमा पाहुना टोली इटालीको लागि बेलोट्टीले पेनाल्टी मार्फत गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ८१औ मिनेटमा लोकेटलिले गोल गरि घरेलु टोलिमाथि २-० गोलको सहज जित दिलाए ।

उक्त जितसँगै २ खेलबाट ६ अंक जोडेको इटाली शिर्ष स्थानमा रहेको छ । यता पराजित बुल्गेरीयाको भने २ खेलबाट अंकविहिन हुँदै पुच्छरमा रहेको छ ।

अन्य खेलको नतिजा 

युक्रेन भर्सेस फिनल्यान्ड (१-१)
सानमारीया भर्सेस हंगेरी (०-३)
पोल्यान्ड भर्सेस एन्डोरस (३-०)
कोस्भो भर्सेस स्विडेन (०-३)
डेनमार्क भर्सेस माल्दोभो (८-०)
अल्बानिया भर्सेस इंग्ल्याण्ड (०-२)
आर्माेनिया भर्सेस आइसल्याण्ड (२-०)