काठमाडौँ — पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारालाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्रोतको हवाला दिँदै इन्डिया टुडेलगायत सञ्चार माध्यमले सिद्धू मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल पुगेको समाचार लेखेका छन् । यद्यपि उक्त टोली नेपालको कुन क्षेत्रमा पुगेको र के गरिरहेको भन्नेबारे विस्तृत जानकारी दिइएको छैन ।