काठमाडौं : त्रिदेशीय कपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा जाने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी थ्री नेशन्स कपको फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशले उपाधिका लागि आज खेल्दैछन् ।
खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईका अनुसार प्रधानमन्त्री ओली फाइलन खेल हेर्न दशरथ रंगशालमा उपस्थित हुने बताए ।
त्रिदेशीय कपमा नेपाल र बंगलादेशसहित किर्गिस्तान यू-२३ टिमले पनि प्रतिस्पर्धा गरेका थिए । नेपाल दुबै खेलमा गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको थियो भने । एक बराबरी र एक हारको नतिजासहित किर्गिस्तान समूह चरणबाटै बाहिरियो । त्यस्तै बंगलादेश एकमा जित र एक बराबरी सँगै एक खेल अगावै फाइनलमा पुगेको थियो ।