काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोमा जारी त्रिदेशीय नेशन्स कप फुटबल प्रतियोगिताको फाइनल हुदैछ ।
सोमबार आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा आयोजक नेपालले बंगलादेशको सामना गर्दैछ । ३ देश सहभागी यस प्रतियोगिता नेपाल र बंगलादेश फाइनल प्रवेश गर्दा किर्गिस्तान भने समूह चरणबाट बाहिरिएको थियो ।
नेपालको सुरुवाती ११ यस्तो छ ।
गोलरक्षक - किरण चेम्जोङ (कप्तान )
रञ्जित धिमा , रोहित चन्द , अन्नत तामाङ , दिनेश राजवंशी , त्रिदेव गुरुङ , तेज तामाङ , संञ्जोक राई , विशाल राई , सुनिल बल , अन्जन विष्ट