काठमाडौँ – विश्व वातावरण दिवशको अवसरमा नेपाल मानवधर्म सेवा समितिले वृक्षारोपण कार्यक्रम गरेको छ । समितिले काठमाडौं, गौशालाको भण्डारखाल क्षेत्र भित्र र शिवपुरी बाबा समाधी स्थल वरपर वृक्षारोपण गरेको हो ।
नेपाल मानव धर्म सेवा समिति बागमति प्रदेश प्रमुख लता बाईजी, पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा तथा काठमाडौं महानगरपालिका वडा नं ८ का अध्यक्ष आशामान संगतले संयुक्त रुपमा वृक्षरोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
समितिले झण्डै डेढ सय विरुवा रोपेको छ । ‘पृथ्वी सबैको साझा हो, यसलाई सबै मिलेर जोगानुपर्छ’ भन्ने भावनाका साथ वृक्षारोपण गरिएको महात्मा लता वाईजीले बताइन्। वातावरण सफा राख्न हामी सबैले अरुको मुख नताकी आफ्नो तर्फबाट नै प्रयास गर्नुपर्ने उनले जोड दिइन्।
त्यस्तै नवनिर्वाचित अध्यक्षले वृक्षरोपण जस्तो महान काममा आफू पनि सरिक हुन पाउँदा खुसि लागेको र यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए।
नेपाल मानव धर्म सेवा समितिले आध्यात्मिक चेतना जगाउने कार्यक्रमका साथै विभिन्न सामाजिक कार्य गदै आईरहेको छ ।