नेपालमार्ग, काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा असाध्यै गर्मी बढेको छ । गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ ।
यहाँ जेठ २२ देखि भारतको उत्तर प्रदेश, उत्तराखण्डमा चलेको लु - (Heatwave) को असरले गर्मी बढेको जलवायु तथा विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेती बताउँछन् । जुन आगामी जेठ २६ गते बिहीवारसम्म रहने छ । त्यसपछि जेठ २७ शुक्रबारका दिनदेखि सुदूरपश्चिम , लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा हुने पुर्वानुमान छ । प्रदेश १ को तराईमा भने आज पनि हल्कादेखि भारी वर्षा हुँदै आगामी ३ दिनसम्म वर्षा हुने छ । बागमती र गण्डकी प्रदेशमा भने विकसित हुँदै गएको मनसुनको सामान्य असर देखिने र जेठ २७ बाट थप विकसित हुँदै जाने पूर्वानुमान गरिएको छ ।