बन्चरेडाँडाका स्थानीयले काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई रोकेका छन्।
काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार भएको फोहोर व्यवस्थापन गर्ने सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।