चैत १६, २०७७ सोमबार

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा राजधानीमा जारी थ्री नेशन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले पहिलो हाफमा २-० गोलको अग्रता बनाएको छ ।

नेपालका लागि खेलको १८औ मिनेट मिडफिल्डर सन्जोक राईले निकै सुन्दर गोल गरेका थिए । उनले सुनिल बलको क्रश पासमा सन्जोकले राष्ट्रिय टोलीका लागि डेब्यु गोल गरेका हुन ।

त्यस्तै खेलको ४२औ मिनेटमा मिडफिल्डर  बिशाल राईले गोल गरि नेपाललाई पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता दिलाएका हुन ।